४ हजार ४०३ नमुना परिक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टी, २६ जना डिस्चार्ज

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ३ हजार ५८ पीसीआर परिक्षणबाट १०  र १ हजार ३४५ एन्टीजेन विधिबाट शुन्य गरी कुल १० जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ।

आज २६ जना निको भएर घर फर्केका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या ३३४ रहेको छ ।

तपाईको प्रतिक्रिया