बन्दको प्रभाव नेप्सेमा परेन, मंगलबार ६९ अंकको बृद्धि

काठमाडौँ- मंगलबार नेप्से परिसुचक ६९.२२ अंकले बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धिका कारण विप्लव समूहद्वारा घोषित् बन्द हड्तालले नेप्सेमा भने प्रभाव परेको देखिदैन।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजार २.२५ प्रतिशतले बढेर २७८४.५८ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स  १४.९२  अंकले बढेर ५२१.४६ विन्दुमा पुगेको छ ।

आज ५ अर्ब ५२ करोड १६ लाख ५०  हजार ८५६ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार महालक्ष्मी विकास बैंक लिमिटेडको भएको छ । उक्त कम्पनीको रू ३७ करोड २६ लाख माथिको शेयर कारोबार भएको छ ।

कारोबारको आधारमा ६ कम्पनीको मुल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल बंगलादेश बैंक, महालक्ष्मी विकास बैंक, अपर तामाकोशी, नेपाल दुरसंचार कम्पनि, पन्चकन्या माई हाईड्रो, मैलूँङ्ग खोला जलबिधुतको रहेका छन् ।  सबै भन्दा धेरै गुमाउनेमा बिजय लघुवित्त रहेको छ । जसको शेयर मुल्यमा २.३७ प्रतिशतको गिरावट आएको छ ।

मंगलबार सबै सबै समुहको परिसूचक बढेको छ । सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक बढेको छ । उक्त समुहको परिसुचक ५.३९ प्रतिशतले बढेको छ । यसैगरी सबै भन्दा कम म्युचुअल फण्ड समुहको परिसुचक ०.८५ प्रतिशतले बढेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया