२४ घण्टामा ६ सय ६४ जना निको भए, सक्रिय संक्रमितको संख्या १० हजारमा झर्यो

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ सय ६४ जना कोरोना भाईरस संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार २३६ रहेको छ ।

मन्त्रालयका अनुसार आज देशभरमा ८ हजार ८८४ पीसीआर परिक्षणबाट ५२७ र २ हजार ५०७ एन्टीजेन विधिबाट ६४ गरी कुल ५ सय ९१ जनामा संक्रमण पुष्टी भएको छ। यो वृद्धि संगै  पिसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टी हुनेको संख्या ८ लाख ११ हजार ४०७ रहेको छ।

२४ घण्टामा थप  २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो  संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ ।

तपाईको प्रतिक्रिया