मध्य भोटेकोशीले आईपीओ आज देखि भर्न सकिने, यसरी दिन सकिन्छ आवेदन!

काठमाडौँ- मध्य भोटेकोशी जलविद्युत् कम्पनि लिमिटेडको साधारण शेयर (आईपीओ)मा आज असोज २० गते देखि आवेदन दिने सकिनेछ।

सर्वसाधारणले कम्पनिको आईपीओमा असोज २० गते देखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले रु १०० अंकितका दरले कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसबाट पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि ६० लाख कित्ता शेयर निष्कासन गरिसकेको छ भने बाँकी ९० लाख  कित्ताका लागि  सर्वसाधारणले आवेदन दिन सक्ने ब्यबस्था गरेको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका लिमिटेड रहेको छ।

कसरी दिने आवेदन?

आईपीओमा आवेदन दिनका लागि मेरो सेयरका लागि युजरनेम र पासवर्ड लिएको खण्डमा मेरो शेयरको मोबाइल एप र वेवसाइट www.meroshare.cdsc.com.np बाट आफैले भर्न सकिने छ ।यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा सी-अस्बा भएको आफ्नो बैंक खाताको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ।

तपाईको प्रतिक्रिया