राष्ट्रपतिद्वारा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण

काठमाडौँ- बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी छिन्।

संघिय संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश हुन आएका दुबै विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपतिले आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ प्रमाणीकरण गरेकी हुन् ।

 

तपाईको प्रतिक्रिया