बुद्धभुमि हाइड्रोपावरको आईपीओमा आजबाट आवेदन खुल्ला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौँ- बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडलको शेयर आज (असोज ११ गते) देखि आवेदन खुल्ला भएको छ । सर्वसाधारणले कम्पनिको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले रु १०० अंकितका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो जस मध्ये  २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ लाख ४४ हजार कित्ताका लागि  सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले साधारण शेयरका लागि न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक  सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।

कसरी दिने आवेदन?

आईपीओमा आवेदन दिनका लागि मेरो सेयरका लागि युजरनेम र पासवर्ड लिएको खण्डमा मेरो शेयरको मोबाइल एप र वेवसाइट www.meroshare.cdsc.com.np बाट आफैले भर्न सकिने छ ।यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा सी-अस्बा भएको आफ्नो बैंक खाताको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ।

तपाईको प्रतिक्रिया