के होलान् अब लोक सेवा परिक्षा ? थाहापाइराखौं

 

काठमाडौं । लामो समयदेखि विचराधीन रहेको संवैधानिक परिषद् सम्बन्धी रिटमा शुक्रबार पेशी चढाएर सर्वोच्चले मुद्दा अगाडि बढाउने भनेपछि अहिले लोक सेवाले लिने परिक्षा सञ्चालन हुने नहुने भन्ने अन्योलता रहेको छ । संवैधानिक परिषद् सम्बन्धी यो रिटमा अगामी शुक्रबार पनि सुनुवाई हुनेछ । शुक्रबार नै सुनुवाई भएर यदि निवेदकको माग बमोजिम अन्तरिम आदेश भएमा लोक सेवाले लिने परिक्षा प्रभावित हुन सक्छन् । किनभने संविधानले संवैधानिक निकायमा सिफारिस पदाधिकारीलाई संसदीय सुनुवाई अनिर्वाय गरेको छ ।

तर नियमावलीमा संविधानको व्यवस्था काट्ने गरी प्रतिनिधिसभा नभएको बखत सिफारिस भएको ४५ दिनमा पदाधिकारीले पदभार ग्रहण गर्न मिल्ने व्यवस्था संविधानसँग बाझिएको छ । यसर्थ अन्तरिम आदेश मार्फत संवैधानिक निकायका पदाधिकारी फिर्ता भए भने पदाधिकारी नभएका कारण लोक सेवा आयोगका परिक्षा स्थगित हुन सक्छन् ।

तर यो मुद्दामा शुक्रबार नै अन्तरिम आदेश हुन सक्ने सम्भावना भने निकै कम छ । यो मुद्दामा विपक्षी बनाइएकासँग लिखित जवाफ माग्ने सम्भावना रहेको र त्यसको लागि कम्तीमा पनि दुई साता समय लाग्ने भएकाले लोक सेवा परिक्षाहरूलाई असर पर्ने देखिदैन । अर्कोतिर मुद्दाको सुनुवाई भएर फैसला आउन करिब एक महिना लाग्ने भएकाले अन्यथा नभए लोक सेवा परिक्षा रोकिने छैनन् ।

 

तपाईको प्रतिक्रिया