सोमबार ३ हजार १२५ संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार १२५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ६१३ पीसीआर परिक्षणबाट २ हजार २७९ र ३ हजार १९८ एन्टीजेन विधिबाट ८४६ गरी कुल ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ९२५ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ ।

तपाईको प्रतिक्रिया