३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टी, १४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ३६५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ५५५ पीसीआर परिक्षणबाट २ हजार ३३५ र ४ हजार ६८७  एन्टीजेन विधिबाट १ हजार ३० गरी कुल ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ३७३ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३९० रहेको छ ।

तपाईको प्रतिक्रिया