बुधबार ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टी, ३३ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ८४० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ८८६ पीसीआर परिक्षणबाट २ हजार ६३४ र ४ हजार ९२२ एन्टीजेन विधिबाट १ हजार २०६  गरी कुल ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।आजसम्म कोरोना संक्रमणका कारण ९ हजार ७७१ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ९९३ जना निको भएका छन्।

 

तपाईको प्रतिक्रिया