फेरी बढ्दै संक्रमण: एकै दिन ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टी, २० जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ८९९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६५५ पीसीआर परिक्षणबाट २ हजार ७२६ र ४ हजार ८६३ एन्टीजेन विधिबाट १ हजार १७३  गरी कुल ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ७७८ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ रहेको छ ।

तपाईको प्रतिक्रिया