मानुषी लघुवित्तको आईपीओमा साउन २७ गतेदेखि आवेदन दिन सकिने

काठमाडौँ- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) मा सर्वसाधारणले साउन २७ गतेदेखि ३१ गते सम्म आवेदन दिन सकिने भएको छ। यो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा भाद्र ९ गतेसम्म आवेदन दिन सकिनेछ।

लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

लगानीकर्ताले साधारण शेयरको लागि प्रति शेयर १०० रुपयाँका  दरले  न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

 

 

तपाईको प्रतिक्रिया