२४ घण्टामा २ हजार ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टी, २४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ७१४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार १२२ पीसीआर परिक्षणबाट १ हजार ८५५ र ३ हजार ७०७ एन्टीजेन विधिबाट ८५९ गरी कुल २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार २८८ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ रहेको छ ।

तपाईको प्रतिक्रिया