२ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी, ३० जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ८३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार४१५ पीसीआर परिक्षणबाट १ हजार ९१८ र ३ हजार ९०१ एन्टीजेन विधिबाट ९२० गरी कुल २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। जस मध्ये काठमाडौँ उपत्यकामा मात्र ६९७ रहेका छन् ।

थप ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ४७५ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ ।

तपाईको प्रतिक्रिया