कोभिड-१९ व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्रीलाई १८ बुँदे सुझाव (सुझाव सहित)

काठमाडौँ- नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालमा कोभिड-१९ ब्यबस्थापन र तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिएको छ ।

प्रतिष्ठानका तर्फबाट  सुझावपत्रमा हस्ताक्षर गर्नेहरुमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले रहेका छन् ।

प्रधानमन्त्रीलाई दिइएको सुझावमा योग्यता , क्षमता, सत्यनिष्ठा र इमानदार छवि भएको व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न आग्रह गरिएको छ।

सुझाव हेर्नुहोस् 

तपाईको प्रतिक्रिया