थपिए २ हजार ३ सय ७० कोरोना संक्रमित, १८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर  २ हजार ३७० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ६८९ पीसीआर परिक्षणबाट १ हजार ६९० र ३ हजार ८९५ एन्टीजेन विधिबाट ६८० गरी कुल २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो  बृद्दि संगै नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार १३३ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७१२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया