अमेरिकी सरकारले उपहार स्वरुप प्रदान गरेको १५ लाख डोज खोप नेपाल आईपुग्यो

काठमाडौँ- अमेरिका सरकारको उपहार स्वरुप प्रदान गरेको कोभिड-१९ विरुद्दको १५ लाख बढी डोज खोप सोमबार काठमाडौँ आईपुगेको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप हस्तान्तरण गरेका छन् । उक्त खोप अमेरिकाले नेपाललाई  उपहारस्वरुप प्रदान गरेको राजदूत र्‍याण्डी बेरीले जानकारी दिएका छन्।

खोप कतार एयरवेजको नियमित उडानमार्फत् खोप आज बिहान काठमाडौँ ल्याइएको हो।

फोटो: hoec

तपाईको प्रतिक्रिया