शनिबार २ हजार १ सय ६९ जनामा संक्रमण पुष्टी, २२ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर  २ हजार १६९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ५३० पीसीआर परिक्षणबाट १ हजार ३५३ र ३ हजार ८८७ एन्टीजेन विधिबाट ८१६ गरी कुल २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो  बृद्दि संगै नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ४३२ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४८९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया