अनलाइनबाट परिक्षा सञ्चालन गर्न त्रि.वि. विद्यार्थीको दबाब (फोटोफिचरसहित)

काठमाडौं । त्रि.वि मा अध्ययनरत विद्यार्थीले अहिलेपनि कोरोना महामारीको जोखिम उस्तै रहेको भन्दै अनलाइनबाट परिक्षा सञ्चालन गर्न माग गरेर दबाब दिएका छन् । उनीहरूले आफ्ना माग लेखिएको प्ले कार्ड मार्फत त्रि.वि.लाई दबाब दिएका हुन् । सबैले खोप समेत नलगाएको र कोरोना संक्रमणको दर समेत कम नभएकाले वैकल्पिक माध्यमबाटै परिक्षा सञ्चालन हुनुपर्ने उनीहरूको माग छ । त्रि.विले कोरोना महामारीका कारण एक पटकका लागि घर पाएको केन्द्रबाट विद्यार्थी परिक्षा सामेल हुन सक्ने भनेपनि त्यसका लागि अझै पूर्ण तयारी समेत गरिएको छैन । यसकारण पनि विद्यार्थीले अनलाइन परिक्षा लागि दबाब दिएका हुन्

तपाईको प्रतिक्रिया