त्रि.वि.का कारण भ्रममा परे विद्यार्थी न रिजल्ट आयो न परिक्षाको टुङ्गो

काठमाडौं । त्रि.वि. का जिम्मेवार पदाधिकारीले जेठ अन्तिम भित्रै नतिजा आउन बा“की संकायको नतिजा आउने सार्वजनिक गरेको थिए । तर ति पदाधिकारीले दाबि गरेजस्तो जेठ अन्तिमसम्म कुनै तहको नतिजा प्रकाशन भएन । यतिसम्म कि असारको महिना पुरै वित्तिसक्न लाग्दा पनि नतिजा प्रकाशनको कुनै सुरसार गरिएको छैन । बरू परिक्षा नियन्त्रण कार्यालयका ४ जनालाई कोरोना संक्रमण देखिएको बहानामा आइतबारसम्मका लागि कार्यालय बन्द गरिएको छ ।

यसअघि कार्यालय खुलेपनि आंशिक कार्य वाहेक अन्य काम भएका थिएनन् । परिक्षा नियन्त्रण कार्यालयले अहिले जेठ अन्तिमसम्म आउन भनेको नतिजा असारको अन्तिमसम्म आउने भनेर दाबि गरेको छ । यता साउन ५ गतेदेखि शुरू हुने भनिएको स्थगित परिक्षाको अवस्था पनि उस्तै अन्योलपूर्ण छ ।

त्रि.वि. परिक्षा नियन्त्रण कार्यालयले कोरोना महामारीका कारण एक पटकका लागि स्नातकका विद्यार्थीले आफूबसि आएको घर नजिकको पाएक पर्ने सेन्टरबाट परिक्षा सञ्चालन गर्ने घोषणा गरेपनि त्यसका लागि अझै आवश्यक तयारी गरिएको छैन । विद्यार्थी विवरण संकलन गर्न नै त्रि.विलाई असहज भइरहेको छ । यसमाथि अझै परिक्षाको मापदण्ड राम्रोस“ग तय भएको छैन । यस्तो अवस्थामा त्रि.वि.ले तोकिएकै सयमयमा घोषित परिक्षा सञ्चालन गर्छ भन्नेमा थप आंशका बढ्दै आएको छ । जसका कारण विद्यार्थीहरू थप अन्योलमा परेका छन् ।

तपाईको प्रतिक्रिया