१ हजार ८ सय ७५ जनामा संक्रमण पुष्टी, २९ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर  १ हजार ८७५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ५ हजार ३७४ पीसीआर परिक्षणबाट १ हजार २१८ र ५ हजार १३० एन्टीजेन विधिबाट ६५७ गरी कुल १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप २९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो  बृद्दि संगै नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार २८६ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया