२०७५ चैत्र पछी लोकसेवाले लिएका राष्ट्रिय वाणिज्य बैंकका सबै लिखित परीक्षाहरू रद्द

काठमाडौँ- लोकसेवा आयोगले लिएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका लिखित परीक्षाहरु रद्द गर्ने निर्णय गरेको छ ।

मंगलबार लोकसेवाका उपसचिव नारायण प्रसाद ज्ञवालीले सूचना जारी गर्दै २०७८ असार २१ गते बसेको आयोगको बैठकले  २०७५ चैत १२ गते प्रकाशित राष्ट्रिय बाणिज्य बैंकमा विभिन्न विज्ञापन नं. १५/२०७५-७६, १६/२०७५-७६, १७/२०७५-७६, १९/२०७५-७६, २१/२०७५-७६, २२/२०७५-७६, २३/२०७५-७६ का आन्तरिक तर्फका र बिज्ञापन न. २४/२०७५-७६ देखि ६२/२०७५-७६ सम्मका खुल्ला तथा समावेशी  अन्तर्गतका सबै लिखित  परीक्षाहरु आयोगद्वारा  रद्द गर्ने निर्णय भएको बताएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संघका नेपाल, काठमाडौँका अध्यक्ष हेमराज सुवेदीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

उक्त रिटमाथि २०७७ मङ्सिर १७ गते सर्वाेच्चले कर्मचारी पदपूर्ति सम्बन्धमा भए गरिएका कामकारबाहीहरू अमान्य र बदर घोषित गरेकाे थियाे ।

 

तपाईको प्रतिक्रिया