थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर  २ हजार ९७९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा  ७ हजार ८३५ पीसीआर परिक्षणबाट २ हजार ७७ र ४ हजार ६३ एन्टीजेन विधिबाट ९०२ गरी कुल २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो  बृद्दि संगै नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ३३३ जना निको भएका छन्।

तपाईको प्रतिक्रिया