२ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टी, १५ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर  २ हजार ६३४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ५०३ पीसीआर परिक्षणबाट १ हजार ७१८ र ५ हजार ८२ एन्टीजेन विधिबाट ९१६ गरी कुल २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो  बृद्दि संगै नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ५६५ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया