२४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु, २ हजार ६ सय २२ संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर  २ हजार ६२२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ४९९ पीसीआर परिक्षणबाट १ हजार ७४५ र ४ हजार २८ एन्टीजेन विधिबाट ८७७ गरी कुल २ हजार ६२२  जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो  बृद्दि संगै नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ हजार २११ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६९० जना रहेका छन् ।

 

तपाईको प्रतिक्रिया