२ हजार २ सय ९९ संक्रमित थपिए, ३४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर  २ हजार २९९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ५६६  पीसीआर परिक्षणबाट १ हजार ३९१ र ४ हजार ३० एन्टीजेन विधिबाट ९०८  गरी कुल २ हजार २९९  जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ३  हजार ४५१ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया