स्नातक प्रथम बर्षको परीक्षा आवेदन फारम भर्ने समय असार २० गतेसम्म थप

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने समय असार २० गते सम्म थप गरेको छ ।

बुधबार कार्यालयबाट सुचना जारी गर्दै कोभिड १९ को दास्रो प्रकोपको कारण हाल बन्दाबन्दी र प्रतिकुल मौसमका कारण केहि परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुट भएको कारणले  गत असार १५ गते सम्म फारम भर्न तोकिएको समयलाई २०७८ असार २० गते सम्म थप गर्ने निर्णय गरेको छ ।

साथै, त्रि.वि.ले यस अवधिमा कुनै परीक्षार्थीको फारम भर्न छुट हुन गएमा त्यस्ता परीक्षार्थीहरुको अर्को व्यवस्था नहुने जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया