२४ घण्टामा कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु, २ हजार ४२१ संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८१ जनाको मृत्यु भएको छ भने  २ हजार ४२१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ४६१ पीसीआर परिक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ एन्टीजेन विधिबाट ९१०  गरी कुल २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट  ३ हजार ५५८ जना निको भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० जना रहेका छन् ।

 

तपाईको प्रतिक्रिया