स्नातकोत्तर तहको परीक्षा फाराम अनलाइनबाट

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीका लागि अनलाइनबाट परीक्षा फाराम भराउने भएको छ । विद्यार्थीको परीक्षा छिटो सञ्चालन गर्न सहज होस् भनेर अनलाइन माध्यमबाट परीक्षा फाराम भर्ने व्यवस्था मिलाइएको हो । यी विद्यार्थीको परीक्षा भदौभित्र गर्ने त्रिविको योजना छ ।
परीक्षा नियन्त्रक जोशीले सङ्क्रमणको अवस्था सामान्य हुँदै गए अब विश्वविद्यालयका अन्य परीक्षा नियमित रूपमा सञ्चालन गर्दै जाने बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया