देशभर २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टी, ४६ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार २९७ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ५८३ पीसीआर परिक्षणबाट १ हजार ५८४ र ४ हजार ३२१ एन्टीजेन विधिबाट ७१३ गरी कुल २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ३ हजार १३० जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५३  हजार ९४० जना रहेका छन् ।

तपाईको प्रतिक्रिया