थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टी, ३४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ४०१ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार १० पीसीआर परिक्षणबाट १ हजार ६८८ र ४ हजार ६८६ एन्टीजेन विधिबाट ७१३ गरी कुल २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ३ हजार ६६० जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया