थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टी, ३९ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ६०७जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ७११ पीसीआर परिक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ एन्टीजेन विधिबाट ८३९ गरी कुल २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट २ हजार ११४  जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ६१ हजार ७२५ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया