थप ३ हजार ७५० कोरोना संक्रमित थपिए, ६७ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ७५० जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ५९८ पीसीआर परिक्षणबाट २ हजार ७०९ र ५ हजार ५८४ एन्टीजेन विधिबाट १ हजार ४८ गरी कुल ३ हजार ७५०  जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ६७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ५ हजार २२५ जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७५ हजार २७५ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया