कक्षा १२ को परिक्षा अनलाइन कि आन्तरिक मूल्याङ्कनबाट ? थाहापाइराखौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा बारे असार १५ पछि मात्र निर्णय लिने भएको छ । हाल परिक्षाको मोडालिटी बारे छलफल भइरहेको र असार १५ पछि मात्र ठोस निर्णय हुने बोर्डले जनाएको छ । विद्यालय तहको अन्तिम परिक्षा मानिने कक्षा १२ को परिक्षा आन्तरिक मूल्याङ्कनका आधारमा गर्ने कि अन्य विधिमा जाने भन्ने निक्र्योल हुन बाँकी छ ।

कक्षा १२ नतिजा विश्वविद्यालय प्रवेश गर्ने प्रमुख आधार पनि भएकाले यसलाई विश्वसनीय बनाउनुपर्ने जिम्मेवारी पनि रहेकाले सकेसम्म उपयुक्त विधिबाट परिक्षा गर्ने तयारी रहेको बोर्डले जनाएको छ । कोरोना संक्रमण कनभएको खण्डमा भने आन्तरिक मूल्याङ्कन वा अनलाइनबाटै परिक्षा लिनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया