कोरोना अपडेट: ४ हजार ३४४ मा संक्रमण पुष्टी, ८१ को मृत्यु, ५ हजार ७६८ संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ३४४ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ७४ पीसीआर परिक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६८ एन्टीजेन विधिबाट ८९५ गरी कुल ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ८१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट  ५ हजार ७६८ जना निको भएका छन्।

तपाईको प्रतिक्रिया