स्नातक दोस्रो बर्षका रोकिएका परिक्षा पनि हुने

काठमाडौं । स्नातक दोस्रो वर्षको परीक्षाको भइरहेको अवस्थामा कोभिड संक्रमण पढेपछि परीक्षा स्थगित भएको थियो । दोस्रो वर्षका बाँकी विषयको परीक्षा प्रथम वर्षको भन्दा पहिले नै साउन पहिलो साता सुरु गर्ने त्रिविको तयारी छ । एउटै तहको एउटै वर्षमा पनि संकायअनुसारको अवस्था फरक छ । स्नातक तहमा व्यवस्थापन संकायको दोस्रो वर्षको परीक्षा सकिएको छ भने अन्य संकायका केही विषय बाँकी छन् । मानविकी तथा सामाजिकशास्त्र संकायका २७ विषयमध्ये चार विषयको परीक्षा बाँकी छ । त्यसैगरी, विज्ञानका तीन र शिक्षाशास्त्रका नियमिततर्फ एक तथा मौकातर्फका तीन विषय बाँकी छन् । अधिकांश विद्यार्थीका एक/एक विषय मात्र परीक्षा दिन बाँकी छ । सेमेस्टरतर्फका पनि परीक्षाको तयारी भएर स्थगित भएका छन् ।

त्रिविले १७ वैशाखदेखि स्नातकोत्तर तह तेस्रो सेमेस्टरका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, सिसिएमसीको १२ वैशाखको निर्णयअनुसार परीक्षा स्थगित भएका थिए । कोरोना भाइरस तीव्र रूपमा फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालयले कोभिडका कारण परीक्षा रोकिए पनि माथिल्लो कक्षामा पठनपाठन सञ्चालन गरिरहेको छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया