मंगलबार ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टी, १०८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ हजार १५३ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६५ पीसीआर परिक्षणबाट ३ हजार ८७० र ५ हजार ६११ एन्टीजेन विधिबाट १ हजार २८३ गरी कुल ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप ९२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार ५७० जना निको भएका छन्।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया