काठमाडौँ- विवेकशील साझा पार्टीका पुर्व अध्यक्ष उज्वल थापाको कोरोना संक्रमणका कारण निधन भएको छ ।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको हो। थापाको फोक्सोमा समस्या देखिएकोले ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो ।साथै, थप उपचार इक्मो प्रविधिबाट गर्नुपर्ने भएकोले, गत शुक्रबार मेडिसिटी हस्पिटलमा रेफर गरिएको थियो ।