थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टी, १६९ संक्रमितको मृत्यु, ६ हजार ४०४ संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार ६३६ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २२ हजार ३०६ पीसीआर परिक्षणबाट ८ हजार ३८७  र ६३० एन्टीजेन विधिबाट २४९ गरी कुल ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ६ हजार ४०४ जना निको भएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको संख्या ४  लाख ४ हजार ८८७ जना पुगेको छ। मृतकको कुल संख्या ६ हजार ७०० जना रहेको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया