सोमबार १८५ संक्रमितको मृत्यु, ७ हजार ४२५ जनामा संक्रमण पुष्टी, ७ हजार १३५ संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७ हजार ४२५ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १९ हजार ८४६ पीसीआर परिक्षणबाट ७ हजार २२० र ६०७ एन्टीजेन विधिबाट २०५ गरी कुल ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

थप १८५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ७ हजार १३५ जना निको भएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार ४६१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ जना पुगेको छ। मृतकको कुल संख्या ६ हजार ५३१ जना रहेको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया