नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो, ३ लाख ८३ हजार बढी संक्रमणमुक्त

काठमाडौँ, नेपालमा कोरोना भाईरस संक्रमित हुनेको कुल संख्या ५ लाख भन्दा बढी पुगेको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ जना पुगेको हो।

कुल कोरोना संक्रमित मध्ये ३ लाख ८३ हजार ६४८ जना संक्रमणमुक्त भइसकेका छन् भने ६ हजार १५३ जनाको मृत्यु भएको छ ।

आज एकै दिन ८ हजार ९८० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ भने ८ हजार ८४८ जना निको भएका छन् । साथै १२९ जनाको मृत्यु भएको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया