सन्देश मुलक गित ‘मास्क खै’ सार्वजनिक

काठमाडौँ, चर्चित गायक घमेश दुलाल र बाल गायिका आभा आर को संयुक्त प्रस्तुतिमा संदेश मुलक गित मास्क खै युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गितमा नव गायिका रोजिना बस्नेतले पनि साथ दिएकी छन,  गित मार्फत विश्व भर कोरोना महामारी ले असर परेको बेला सुरक्षित रहन मास्क लगाऔ, पौस्टिक आहार खाऔ, सामाजिक दुरी कायम गरौ सकेसम्म भिडभाड मा नजाऔ भन्ने संदेश दिइएको छ ।


पछिल्लो समय धेरै जसो सामाजिक सन्देशमुलक कथाबस्तु समेटी गित बजारमा ल्याईरहेका अदृस्य गायक संगीतकार  प्रभावन जे को शब्द, संगीत, संगीत संयोजन रहेको गित एक्सन स्टुडियो नेपाल मा रेकर्ड भएको हो, गितको मिक्सिङ मास्टरिङ गोविन्द सोनी ले गरेका छन् ।

तपाईको प्रतिक्रिया