काठमाडौँ- उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले निषेधाज्ञामा अत्यावश्यक सेवाको आपूर्ति प्रणाली सुचारु गर्न उच्चस्तरीय “र्यापिड रेस्पोन्स टिम” निर्माण गरेको छ ।
कोरोनाको महामारी संक्रमणलाई थप फैलन नदिन गत सोमबार सरकारले १५ दिन निषेधाज्ञा लगाएपछी मन्त्रालयले अत्यावश्यक सेवाको आपूर्ति प्रणाली सुचारु गर्न उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम” निर्माण गरेको हो ।
मन्त्रालयले निषेध आदेशको समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ, दैनिक उपभोग्य समाग्रीको ढुवानी र आपूर्ति तथा त्यस्ता वस्तुहरुको उत्पादन र वितरणमा केहि समस्या देखिए सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न मोबाइल नम्बर सहित जिम्मेबार व्यक्ति तोकिदिएको छ ।