ठूला मुद्दामा आँखा चिम्लिदै अख्तियार

काठमाडौं — पछिल्ला बर्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग आफ्नो जिम्मेवारीका ठूला मुद्दामा चुक्दै गएको छ । पछिल्लो समय महामारीका बेला औषधी खरिद प्रकरण होस् वा विमान खरिद र आयल निगम जग्गा प्रकरणसम्मका घटना छानविन गरी टुङ्गोमा पु¥याउन अख्तियारले कुनै चासो देखाएको छैन । कुनै मुद्दालाई त अख्तियारले तामेलीमा धेकेल्लर छानविन नै नगर्ने सुरसार देखाएको छ । संसदको सार्वजनिक लेखा समितिले औषधी प्रकरण र पूर्व मन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरणको मुद्दा छानविनका लागि पटक पटक ताकेता गर्दापनि अख्तियारले रूचि देखाएको छैन । साना तिना मुद्दामा निकै सक्रियता देखाएजस्तो गरी ठूला मुद्दा ओझेलमा पार्ने खेलमा अख्तियार लागेको कतिपयको बुझाइ छ । बर्षो वित्तिसक्दा पनि ठूला घटना छानविन नहुनसले अख्तियार भूमिका माथि नै प्रश्न उठाउँदै आएको छ ।

ओम्नी काण्ड
कोरोना महामारीका बेला तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै संलग्नता पुष्टि गरी संसदको सार्वजनिक लेखा समितिले घटना छानविनका लागि अख्तियारलाई पत्र पठाई पटक पटक ताकेता गरेपनि अख्तियार यसतर्फ चासो देखाउन सकेको छैन । सत्ताको आड भरोसामा ओम्नी प्रकरणको छानविन नभएको बुझाइ आम जनमानसमा छ ।
बाँस्कोटालाई उन्मुक्ति
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा अहिले संसदको सार्वजनिक लेखा समितिमा पुगिसकेका छन् । सोही समितिले सेकुरिटी प्रिन्टिङ खरिदको प्रक्रिया अगाडि बढाउँदा अनियमिता भएको ठहर सहित घटना छानविनका लागि सिफारिस गरेपनि यो मुद्दामा समेत अख्तियार आँखा चिम्लि रहेको छ ।
नेपाल ट्रस्टको जग्गा
नेपाल ट्रस्टको जग्गा र सम्पत्तिमाथि सत्ताको आडमा यति समूहले लिएको अस्वाभाविक र कानुनविपरीत लाभमा अख्तियार मौन बसेको आरोप लाग्दै आएको छ । दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज अनियमितताको उजुरी छानबिन नै नगरी टुंग्याएर घटनामा छूट दिएको शंका अख्तियार माथि छ ।

निगमको जग्गा
अख्तियारले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको अनियमिततालाई ‘मुद्दा नचल्ने’ निर्णय गरी फाइल थन्काइसकेको छ । पर्याप्त प्रमाण भएको यो घटनामा अख्तियारले शक्ति केन्द्रको प्रभावमा तामेलीमा राखेको आरोप लाग्दै आएको छ ।

विमान खरिद प्रकरण
नेपाल वायुसेवा निगमको न्यारोबडी विमान खरिद प्रकरणमा साढे ४ करोड घूस प्रवाह भएको विवरण फ्रान्सबाट बाहिरिएको थियो । फ्रान्सको एयरबस कम्पनीले नेपाल वायुसेवा निगमलाई विमान बिक्रीका क्रममा करिब साढे ४ करोड रुपैयाँ घूस दिएको खुलासा भएपनि यो घटना छानविनमै नपरी सेलाएर गएको छ ।

तपाईको प्रतिक्रिया