कोरोनाले भयावह रूप लिदै, एकैदिन ४५ सय बढिमा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

जस अनुसार पीसीआर विधिबाट १४ हजार ६ सय ७२ जनाको परीक्षण गर्दा ४ हजार ३ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया