जनताको स्वास्थ्यमा खेलवाड नगरी तथा उच्च प्राथमिकता दिनु: प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यमा खेलवाड नगरी तथा उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् ।

प्रचण्डले सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।

बिज्ञप्तिमा भनिएको छ “स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ । म सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भएकाले उनीहरुका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपील गर्दछु ।”

तपाईको प्रतिक्रिया