राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छानिए देशभरका ४ हजार २ सय ५० सामुदायिक विद्यालय

बैशाख २, काठमाडौँ- राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका विभिन्न जिल्लाका ४ हजार २ सय ५०  सामुदायिक विद्यालय छानिएका छन् |

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका बिधालय छनौट गरी  मापदण्डहरु पनि सार्वजनिक गरेको छ ।कार्यक्रमको लागि प्रदान गरिएको बजेट स्थानीय तह मार्फत विद्यालयलाई छिट्टै उपलब्ध गराइनेछ केन्द्रले जनाएको छ।

शिक्षा र मानव संसाधन केन्द्रका अनुसार भवन निर्माण सामग्री, बाल विकास केन्द्र निर्माण, फ्लोर एडिशन, ट्रस्ट-बिल्डिङ्ग, भवन पुनःनिर्माण, शौचालय निर्माण, केटीका लागि शौचालय निर्माण, खानेपानी र सरसफाई सुविधा, शिक्षण सामग्री, शैक्षिक सामग्री , कम्प्युटर प्रणाली, विज्ञान प्रयोगशाला, पुस्तकालय विकास शैक्षिक सामग्रीमा सामेल छन्।

सोलर प्यानल, इन्टरनेट प्रणाली, अन्तर्क्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन र अफलाइन सामग्रीको विकास, गुणस्तरीय शिक्षाको लागि नयाँ प्रविधि सहित प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको छ। 

सरकारले यस कार्यक्रमका लागि यस बर्ष  ५ अर्ब ६ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ।

कार्यक्रमका लागि ६ हजार ९ सय २१ वटा विद्यालयले आवेदन दिएका थिए।

छनौट भएका बिधालयहरु यहाँ क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया