क्यान्सर रोगका विशेषज्ञ डाक्टर सुदीप श्रेष्ठ प्रबल जनसेवाश्री चर्थुतबाट विभूषित

काठमाडौं । क्यान्सर रोगका विशेषज्ञ डाक्टर एबं नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष सुदीप श्रेष्ठ प्रबल जनसेवाश्री चर्थुतबाट विभूषित हुनुभएको छ । नेपाल सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनुभएको हो ।

डाक्टर श्रेष्ठ लामो समयदेखि क्यान्सर रोगको उपचारमा खटिदै आउनुभएको छ भने यससँग सम्बन्धित अनुसन्धानमा पनि निरन्तर क्रियाशिल हुनुहन्छ ।

क्यान्सर रोगको उपचारमा अत्याधुनिक प्रविधि भित्र्याएर सेवा प्रदान गर्ने सिलसिलमा श्रेष्ठ कार्यरत हस्पिटल नेपालमै अब्बल मानिन्छ ।

तपाईको प्रतिक्रिया