पदमुक्त सांसदहरुको पहिलेकै मन्त्रीमा पुन:नियुक्त, साँझ ५ बजे शपथ

चैत्र २७, काठमाडौँ- नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी एमाले प्रवेश गरेका पदमुक्त सांसदहरुको पहिलेकै मन्त्रीमा पुन:नियुक्त हुने भएको छ ।

पदमुक्त सांसदहरु टोपबहादुर रायमाझी ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री, प्रभु साह शहरी विकास मन्त्री, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री  र गौरीशंकर चौधरी श्रम मन्त्री रहेका थिए । उनीहरूले  शुक्रबार साँझ ५ बजे राष्ट्रपतिबाट पुनः सपथ लिन लागेका हुन्।

बिहिबार सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसदलाई पदमुक्त भएको जानकारी गराएका हुन् ।

सांसद पद खारेज भए संगै मन्त्रीपद पनि गुमेको थियो ।

तपाईको प्रतिक्रिया