वायु प्रदूषणका कारण बन्द भएका शैक्षिक संस्थाहरु आजदेखि खुल्दै

चैत्र २२, काठमाडौँ- अकस्मात वायु प्रदूषणका कारण बन्द भएका देशभरका शैक्षिक संस्थाहरु आजदेखि पूर्ववत् रुपमा सञ्चालनमा आउने भएका छन् ।

वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयपछि विश्वविद्यालयहरुले परीक्षा वाहेकका नियमित कक्षा  संचालन रोक्ने निर्णय गरेका थिए ।

तपाईको प्रतिक्रिया